१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाको गल्याङमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र


494
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले नेपालीहरुकाे महानपर्व दशैं, तिहार र छठ नजिकिएसँगै तीव्र रुपमा बजार अनुगमन गरेकाे छ ।

साेही नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर नगरपालिकाभित्रका बजारहरुकाे अनुगमन तीव्र रुपमा सुरु गरेको हो । नगरपालिकाले खाद्यान्न, मासु, तरकारी, फलफूल र थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । हालसम्म ३० वटा पसलमा अनुगमन गरेको छ ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैंमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको अनुगमन समितिका संयोजक गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपानेले बताउनुभयो ।

बढी मूल्य लिने, मूल्य सूची नराख्ने र गुणस्तरीय वस्तु बिक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारबाहीको दायरामा ल्याउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले म्याद गुज्रेका सामग्री बेचबिखन नगर्न अनुरोध गरेको छ । त्यस्तै, नगरपालिकाले दर्ता नभएका पसलहरुलाई १५ दिनभित्र दर्ता गर्न समेत निर्देशन दिइएको छ ।