१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पचली आजुको जात्रा सुरु


65
Shares

काठमाडौं । लिच्छवीकालिन पचली आजुको घ्याम्पो जात्रा शुक्रबारदेखि सुरु भएको छ ।

बाग्मती नदी किनारामा ७ वटा मसानघाटको बीचमा रहेको पचली आजुको पिठमा होम तथा पूजा गरी जात्रा सुरु गरिएकोे हो ।

मन्दिरबाट घ्याम्पोलाई टोलका स्थानीयले बोकेर टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरु गणेशथान हुदै हनुमानध्वाखा दरवारमा लाने चलन छ । सो अवसरमा जिवित देवी कुमारीलाई समेत हुनमानध्वाखा परिसरमा जात्रा अवलोकनको लागि लाने गरिन्छ ।

राति अजिमा देवीलाई तान्त्रिकरुपमा बली पूजा गरेर पचली जात्रा गरिन्छ । गुथी परम्परा अनुसार ज्यापु समुदायको घरमा घ्याम्पो प्रतिस्थापन गरेर यस वर्षको जात्रा सम्पन्न हुने गर्छ । स्वच्छन्द भैरवको रुपमा पनि चिनिने पचली आजु थकुजुजुको पुर्खाको रुपमा लिने गरिन्छ ।