२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना


312
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ ।

काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो सङग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गर्नुभयो ।

करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङग्रहालय दशैँ सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ । सङग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उहाँका तस्वीरहरु पनि सङग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।