५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


डडेल्धुरामा लाखाैं रुपैयाँकाे तरकारी कुहिने अवस्थामा


286
Shares

डडेल्धुरा । डडेल्धुरामा वर्षाले बाटो बिग्रिएका कारण उत्पादन भएको लाखौंको तरकारी कुहिने भएकाे छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोला लकतडामा उत्पादित टमाटर, भेडेखुर्सानी, फर्सी, मौसमी र बेमौसमी ताजा तरकारी बारीबाट निर्यात गर्ने बाटो नखुल्दा बारीबाट टिपेर बजारसम्म पुर्याउदा समस्या भएको कृषकले बताएका छन ।परम्परागत कृषि पेशा गर्दै आएका रुवाखोलाका किसानहरुले भागेश्वर कृषि तथा पशुपालन फर्मले गरेको व्यवसायिक कृषि उत्पादनबाट स्थानीयले व्यवसायिक कृषि प्रणालीका बारेमा सिकेको र बीउ र मल आदी पनि सहजै प्राप्त गरेको निवर्तमान वडा अध्यक्ष चेतराम भट्टले बताउनुभयाे ।

करिब ३ दशकदेखि बाँजो रहेको जग्गालाई २० वर्षका लागि भाडामा लिएर कृषि व्यवसाय सुरु गरेका कृषि व्यवसायी प्रसाद दत्त अवस्थीले दर्जनौं स्थानीयलाई रोजगार दिनुका साथै डडेल्धुराको ताजा तरकारीलाई स्थानीय बजारदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न बजारसम्म आपूर्ति गर्न सफल हुनुभएकाे छ । तर पनि बारीमा तयार भएको तरकारी कुहिन्छ कि भनेर उहाँ त्रसित हुनुभएकाे छ । धान उत्पादनका लागि चर्चित रुवाखोलाका विभिन्न फाँटहरुमा पछिल्लो समय कृषि तथा तरकारी उत्पादनको होडबाजी मात्र चलेको छैन् । कृषकहरुले तरकारीबाट वार्षिक लाखौं रुपैयाँ नगद आम्दानी गर्न सफल भएको स्थानीय किसाहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको बाँझो रहेको पुख्र्यौली धान खेतमा स्थानीय कृषक व्यवसायी प्रसाद दत्त अवस्थीले करिब ३ सय ५० रोपनीमा धान, आलु, टमाटर, अदुवा लसुन र ताजा हरियो तरकारी लगायत बीउबेर्ना समेत उत्पादन गरेर जिल्लाकै नमुना कृषि फर्मको रुपमा विकास गर्नुभएकाे छ ।