१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वअध्यक्ष मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज


26
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’को सिद्धान्त खारेज गरेको छ ।

बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज भएकाे निष्कर्ष निकालेको छ ।

बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।