
काठमाडाैं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडाैंका स्थानीयवासीहरुले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्