
अर्घाखाँची । अर्घाखाँचीमा सिंचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ९ नैलापानीमा रहेको जंगलकोबीचमा रहेको पोखरीमा पहिला एउटा बाँदर पानी खान पोखरीमा गएको र सोही ठाँउमा डुब्दा अन्य बादरले एकले-अर्कोलाई बचाउने क्रममा सबै बाँदर पोखरीभित्र पसेर मरेको हुन सक्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।
स्थानीयले बाँदर मरेको देखेपछि खबर गरेको उहाँले बताउनुभयो । बस्ती भन्दा टाडा ठूलो पोखरी भएकाले समयमा उद्वार हुन नसकेको स्थानीको भनाइ छ। मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयबासी सबैको रोहबरमा गाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्