१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं महानगरले दशैं बिदामा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने


91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदाकाे समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

डेंगु प्रकोप फैलिएका बेला महानगरपालिकाले जनस्वास्थ्य ध्यानमा राखि ५ सय ५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो । नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत स्थानीयले सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।

त्यस्तै २४ घण्टे हटलाइन सेवा व्यवस्था गरिएकाले ११८० नम्बरमा फोन गरेर महानगरवासीले डेंगुकाे विषयमा जानकारी लिन सक्ने उहाँले बताउनुभयाे । चाडपर्वमा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले १०२ मा फोन गरेर सेवा लिन महानगरपालिकाले नागरिक समक्ष अपिल समेत गरेको छ ।