२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जनकपुरमा पनि पूजा घरमा विधिपूर्वक फूलपाती भित्र्याइयाे


117
Shares

जनकपुरधाम । जनकपुरधामका शक्तिपीठहरुमा पनि फूलपाती भित्र्याइएको छ ।

राजदेवी मन्दिरलगायत जनकपुरधामस्थित दर्जनौं शक्तिपीठहरुका पूजा घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हाे । राजदेवी मन्दिरका लागि मारवाडी सेवा समितिबाट राममन्दिरका पूजारी बाबा रामगिरी, नेपाली सेनाको टोली, विभिन्न संघ संस्थाका प्रतिनिधि फूलपाती लिन गुरुजुको पल्टनसहितको लावालस्करले फूलपाती भित्र्याएको हो ।

अस्टमीका दिन बिहान महिलाले परिवारमा सुख, शान्ति र सन्तानको दिर्घायुका लागि खोंइच भर्ने गरिन्छ । खोंइच भराएपछि सोमबार अष्टमीका बेलुका भव्यताका साथ निशा पूजा गरिने चलन रहेकाे छ । निशा पूजापछि बलिप्रदान कार्यक्रम हुनेछ ।

जनकपुरधाममा प्रत्येक वर्ष १५ हजारको हाराहारीमा पशुबली हुँदै आएको छ ।