९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कपिलवस्तु ट्राफिक प्रहरीले सवारी चालक चेकजाँच गर्दै


130
Shares

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दूरीको यात्रुबाहक बसमा २ जना सवारी चालक भए नभएको चेकजाँच सुरु गरेको छ ।

लामो दूरीको यात्रुबाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकाले चेकजाँच सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।

दशैंमा सवारी साधनको धेरै चाप हुने गरेको र रात्रीकालिन बसका सवारी चालक निदाएर दुर्घटना भएको घटना बारम्बार हुँदै गएकाले कडाई गरिएको उहाँले बताउनुभयाे । चाडपर्व सुरु भएपछि सुरुमा सवारी चालकलाई जानकारी गराएको र हाल २ जना चालक भए नभएको जाँच सुरु गरेकाे उहाँकाे भनाइ छ ।

शनिबार ट्राफिक प्रहरी र कपिलवस्तु स्काउटले संयुक्त रुपमा चेकजाँच गरेका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा २ उपदफा ९ र ० मा २५० भन्दा धेरै किलो मिटर भन्दा धेरै लामो सडकलाई लामो बाटो मानिएको छ । दफा १०४ ले कम्तिमा २ चालक राखि कम्तिमा ६ घण्टामा सवारी चालकले पालो गर्ने व्यस्था रहेको छ ।

ऐनमा व्यस्था भएपनि केही सवारी धनीले लामो दूरीमा एक जना मात्र चालक राखि लापरबाही गर्ने गरेको बुद्धमूमि १ बिरपुरका थानेश्वर अर्यालले बताउनुभयो ।