२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा दोब्बर भाडा लिएका सवारी चालकले गरे ३० जना यात्रुको भाडा फिर्ता


1.092k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा चाडबाडको मौका पारी सवारी साधनले करिब दोब्बर भाडा लिने गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाले सवारी चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हाे । गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका वडा नम्बर ३ मा चेकजाँच गर्ने क्रममा बुटवलबाट सन्धिखर्क आउने ३० जना यात्रुसँग करिब दोब्बर भाडा लिएको पाएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मी जानकारी दिनुभयो ।

यात्रुको गुनासोलाई सम्बोधन गर्दै ३० जनाको भाडा फिर्ता गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो । त्यस्तै सिट क्षमता भन्दा बढी यात्रु राखि हिडेको र नियम भन्दा बढी भाडा उठाउने सवारी साधन बस ६ वटा, हाईस ३ वटा र जिप १ वटा गरी १० वटा सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनुभयाे ।