
कैलाली । कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक एक-आपसमा ठोक्किदा करिब १६ जना घाइते भएका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक एक-आपसमा ठोक्किएका हुन् । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बर ट्रक ठोक्किएपछि दुर्घटना भएको हो ।
उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ । उनीहरुको पहिचान भने खुलेको छैन् ।
बसमा २४ जना सवार भएकाे ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्