
गोकुल भुजेल
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको याङपाङ र चम्पे गाउँबासीका लागि यो वर्ष खासै दशैं आएन् ।
एक हप्ता अघि परेको अविरल वर्षाका कारण घरगोठ र भएको अन्नपात पूरै बगाएपछि दशैं उनीहरुका लागि खल्लो भएको छ। प्राकृतिक प्रकोप पूर्व जानकारी दिएर आउदैन तर यसबाट भएको क्षति न्यूनिकरण तथा सामना भने सबै मिलेर गर्नुपर्छ।
गत हप्तादेखि परेको अविरल वर्षाका कारण अरुण गाउँपालिका–१ याङपाङ, र चम्पेको प्राय सबै बस्ती जोखिममा परेको छ । गत असोज १२ गते राति परेको अविरल वर्षाका कारण गएको बाढी, पहिरोले वडा भित्रका कृषि तथा ठूला सडक सञ्जाल यातायात, विद्युत र खानेपानी ठप्प जस्तै बनेको छ । साथै अहिलेसम्म बस्न नमिल्ने गरी १४ घर भत्किएका छन् भने ४० घर पहिरोले थिचेको र ८० घर बस्न नमिल्ने भएका छन् ।
उक्त क्षेत्रमा सडक बाटो, खानेपानी, विद्युत अवरुद्ध छ भने कुखुरा फर्म, बंगुर फर्म, २५ सय मुरी फल्ने धान खेती, १५ सय मुरी हिउँदे मकै, ३ सय मुरी कोदो, २ सय मुरी मासमस्याम बाढी तथा पहिरोले नष्ट गरेको छ । प्रभावितहरु मध्ये पहिलो चरणमा याङपाङकी रमादेवी तामाङ, राज कुमार थापा, दिल कुमारी मगर लगायत १५ परिवारलाई खाद्यान्न, कम्बल, भाडावर्तन र जिल्ला प्रशासन कार्यालय मार्फत १५ थान पाल गरी ३० परिवारलाई राहत वितरण गरिएको छ ।
त्यस्तै चम्पेका सिताराम कार्की, पार्वती सुवेदी, भक्त बहादुर थापा, लाल बहादुर राई लगायत १५ परिवारलाई पाल, कम्बल, भाडावर्तन र जिल्ला प्रशासन कार्यालय मार्फत १५ परिवारलाई १५ थान पाल गरी ३० परिवारलाई राहत वितरण गरेको छ । बाढी, पहिरो प्रभावितहरु मध्ये पहिलो चरणमा यस्ता ६० घर परिवारलाई पाल, कम्बल, लत्ता कपडा, भाडावर्तन लगायत अत्यावश्यक सामग्री प्रदान गरेको र थप जोखिममा रहेका अन्य प्रभावित घरहरुलाई गाउँपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला अनुगमनका क्रममा बाढी र पहिरोले गाउँ नै सखाप पारेको छ ।
सडक बाटो, भवन, घर, खाद्यान्न बालीहरुको पूर्ण क्षति भएको छ । क्षति भएको रिपोर्टको आधारमा आफूहरुले प्रदेश सरकार र संघ सरकारलाई जानकारी गराउनुका साथै राहतका लागि पहल गरेको र सरोकारवाला पक्षहरुबीच छलफल पनि भई रहेको छ । प्राकृतिक प्रकोप पूर्व जानकारी दिएर आउदैन तर यसबाट भएको क्षति न्यूनिकरण तथा सामना भने सबै मिलेर गर्नुपर्छ।
तत्कालै नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा प्रभावितहरुको घाउमा मलम लगाउने र खुशी साटसाट गर्न भने सरोकारवालाहरुले पनि चासो दिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्