
काठमाडौं । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ ।
प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको हाे । भीड तितरबितर पार्न सुरक्षाकर्मीले गोली समेत चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ ।
प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानूनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो ।
गैरसरकारी संस्था इरान ह्युमन राइट्सका अनुसार प्रदर्शनमा अहिलेसम्म १ सय ३३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्