
काठमाडौं । नेपालगञ्जमा रामलीला महोत्सव चलिरेहेको छ ।
नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला महोत्सव डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको हाे । महोत्सवले नेपालगञ्जमा दशैं पर्वको रौंनक ल्याएको छ । प्रत्येक वर्ष दशैंमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ ।
यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण सञ्चालन भईरहेको हो । महोत्सव यो वर्ष भव्यताका साथ चलिरहेको सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । दुई वर्ष रोकिएको रामलीला मञ्चन हेर्न यो वर्ष भक्तजनको घुइँचो लागेको छ ।
असत्यमाथि सत्यको जितको प्रतिकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवम् रामलीला मण्डल नेपालगञ्ज आएको छ ।
साेही महोत्सवमा भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्