२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उत्तर कोरियाद्वारा जापानतर्फ मिसाइल प्रहार

जापान सरकारले बाेलायाे सुरक्षा परिषदकाे बैठक

1.144k
Shares

काठमाडौं । उत्तर कोरियाले जापानतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान गरिएको हाे । मिसाइलका कारण जापानी अधिकारीले होकाइदोका टापुका बासीन्दालाई सुरक्षित रुपमा बस्न आग्रह गरेका थिए । साथै यस क्षेत्रमा अस्थायी रुपमा रेल सेवा पनि बन्द गरिएको थियो ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक जापानको आकासमाथि मिसाइल प्रहार गरेको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल र परमाणु परीक्षण जारी राखेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले मिसाइल परीक्षणको गम्भीर आलोचना गर्नुभएको छ ।

साथै जापान सरकारले अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बाेलाउकाे छ । मिसाइल प्यासिफिक ओसियन जापानबाट करिब ३ हजार किलोमिटर पर खसेको जनाइएकाे छ । मिसाइलका कारण हालसम्म कोही पनि घाइते भएको जानकारी प्राप्त नभएको पनि अधिकारीहरुले बताएका छन् ।