१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतीय सुन्दरी मान्यालाई गरिबीको कार्डमा खेल्न खोजेको आरोप


13.806k
Shares

एजेन्सी । फेमिना मिस इण्डिया २०२० की फस्ट रनर अप मान्या सिंहमाथि गरिबीको कार्ड प्रयोग गरेर अघि बढ्न खोजेको आरोप लागेको छ ।

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी सो विगबोसको १६ औं सृंखलामा भाग लिने क्रममा गत शनिबार उनले कार्यक्रमका प्रस्तोता सलमान खानसँग आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको र आफ्ना बुवाले जीविकोपार्जनका लागि अझै मुम्बईमा टेम्पो चलाउने गरेको भन्दै आफ्नो जीवन संघर्षको कथा सुनाएकी थिईन ।

भारतीय संचार माध्यमका अनुसार उनको एउटा पछिल्लो भिडियो सार्वजकि भएको छ जहाँ उनले एउटा अन्तर्वार्तामा आफ्नो बुवाले घरमा टिभी नभएकाले यो शो समेत हेर्न नमिल्ने बताएकी छिन् । मान्याको यो कुरालाई लिएर धेरैले उनलाई निशाना बनाएर पीडितको कार्ड खेलिरहेको भन्दै सामाजिक संजालमा ट्रोल गरेका छन् ।

मान्याले शोको भव्य प्रिमियरमा आफू शोमा आफ्नो विशेष पहिचान बनाउन आएको र धेरै पैसा कमाउनको लागि लामो समयसम्म टिक्न आएको बताएकी थिइन । तर अहिलेसम्म मान्याले शोमा खासै काम गर्न सकेकी छैनन् । कार्यक्रममा पनि धेरै पटक मान्याले आफ्नो गरिबीको कुरा गरेकी छिन् । । यस्तो अवस्थामा कतिपयले मन्यालाई ट्रोल गर्दै अगाडि बढ्नको लागि पीडितको कार्ड खेलेको भनिरहेका छन् । अन्तर्वार्ताका क्रममा मान्यालाई प्रश्न कर्ताले टिभीमा शो हेर्न नसके अहिले त मोवाईलमा पनि कार्यक्रम हेर्न सकिदैन र ? भन्दा मान्याले आफ्ना बुवा गाउँमा बस्ने र गाउँमा मोवाइलमा शो हेर्न सक्ने सुविधा नभएको बताएकी छिन् । उनको यस्तो कुरालाई भारतीय दर्शकले बुझ्न नसकेको बताएका छन् । जबकि उनले बिग बोसको शोमा प्रवेश गरेको दिन आफ्ना बुवाले मुम्बईका बिभिन्न शहरमा टेम्पो चलाउने गरेको बताएकी थिईन् ।

यस्तो अवस्थामा दर्शकलाई उनको शब्द बुझ्न अलि गाह्रो भएको छ । उनको फरक –फरक कुरा नबुझेर उनलाई गरिबीको कार्डमा खेल्न खोजेको आरोप लागेको हो ।