
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नबाैं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा मंगलबार बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा ९ जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको हो । साेही क्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार समेत दिनुभएको थियो ।
कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गर्नु भएको थियो । साेही अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
साेही कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाउनुभएको थियो । उहाँले गत वर्ष पनि वडा दशैंको महानवमीको दिन ९ जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गर्नुभएको थियो । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाइँदैछ ।
यस वर्ष बडा दशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्