२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीद्वारा गुरूकाे हातबाट टीका ग्रहण


273
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंकाे टीका ग्रहण गर्नुभएकाे छ ।

शीतलनिवासमा गुरूहरूबाट टीकाको शुभ साइतमा ११ः५१ बजे उहाँले टीका ग्रहण गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेकाे छ ।