
अर्घाखाँची । अर्घाखाँचीमा दशैंको टीका लगाउन हिडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छ्न् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । भूमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा दशैंकाे टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।
बुधबार तारा पौडेलले एक छोरा र एक छोरी लिएर दशैं मनाउन जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको उहाँले बताउनुभयो। आफ्नो छोरा खोलाले बगाएपछि पौडेलले प्रहरीलाई खबर गर्नुभएको थियो। करिब दिउँसो ४:३० बजे प्रहरी टोली घटनास्थलमा पुगेर खोजीकार्य गरेपनि फेला पार्न सकेको छैन्।
बच्चाको खोजी कार्य जारी रहे पनि बुधबार रात परिसकेकोले बिहिबार खोजिकार्य गरिने प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्