२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


धनकुटामा दशैंमा खसी र बोकाकाे कारोबार बढ्यो


468
Shares

धनकुटा । धनकुटामा यो वर्षको दशैंमा खसी र बोकाको कारोबार सन्तोषजनक भएको किसान तथा व्यावसायीहरुले बताएका छन् ।

गत वर्षहरुमा कोरोनाका कारण दशैंको समयमा खसी र बोका कारोबार खस्किएको भएपनि यो वर्ष भने धनकुटामा कारोबार बढेको व्यावसायी तथा किसानहरुको भनाइ रहेको छ । धनकुटामा दशैंको समयमा कति खसी र बोकाको कारोबार हुन्छ भन्ने यकिन तथ्याङ्ग भने छैन् ।

तर पछिल्ला वर्षमा धनकुटाबाट खसी र बोका निर्यात प्रतिशत बढ्दो रहेको अनुमान गरिएपनि उत्पतिको प्रमाणपत्र र स्वस्थता जाँच भने हुने गरेको छैन् । धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमक लगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडाैंसम्म खसी र बोका निर्यात हुने गरेको व्यावसायीहरुले बताएका छन् ।

धनकुटा सदरमुकाममा मासुको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ रहेको छ । ग्रामीण क्षेत्रमा भने केही सस्तो रहेको छ ।