७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लुम्बिनी प्रदेशमा बाढीमा परी ४ जनाको मृत्यु


78
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा अविरल वर्षापछि गएको बाढीका कारण विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङका दुई जना, अर्घाखाँचीका एक र गुल्मीका एक जना रहेका हुन् । जसमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ४८ वर्षीय मदन डाँगी, घोराही उपमहानगरपालिका बेलुवाका ४५ वर्षीय धीरज घिमिरे रहेका छन् ।

यसैगरी अर्घाखाँचीको सन्धीखर्क गाउँपालिका वडा नम्बर ७ का १० वर्षीय समिर पौडेल र गुल्मीको धुर्कोट गाउँपालिका बस्ने ३१ वर्षीया लक्ष्मी केसी रहेकाछन् । बाढीमा परी दाङ र प्युठानमा एक-एक जना बेपत्ता भएका छन् ।