
काठमाडौं । स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ ।
च्याम्पियन्स लिग फुटबलमा बोरुशिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको हो । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति सेभिया जर्मन क्लबसँग ४–१ ले पराजित भएको थियो ।
५६ वर्षीय स्पेन तथा रियल मड्रिडका पूर्वप्रशिक्षक जुलेन २०१९ मा सेभियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुलेनले सेभियालाई युरोपा लिगको उपाधि दिलाएका थिए । पछिल्लो समय उनी उल्भसको मुख्य प्रशिक्षक नियुक्त हुने चर्चा समेत चलेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्