
काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो । पहिरोमा पुरिएर मृत्यु हुने एकै परिवारका तीन जना रहेका छन् ।
मृत्यु हुनेमा काभ्रे धुलिखेल –१२ का ५२ वर्षीय राजु श्रेष्ठ, उहाँकी ४५ वर्षीया श्रीमती रेखा श्रेष्ठ र डेढ वर्षीया छोरी सारथी श्रेष्ठ रहेका छन् । उनीहरुको शब आज बिहान निकालिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्