
काठमाडौं । झण्डै एक सातादेखि देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो गएका छन् ।
देशका विभिन्न स्थानमा अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो गइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित हुन विभागले आग्रह गरेको छ ।
आज बिहान गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप वर्ष हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने चेतावनी दिएको छ । वर्षा भइरहेका स्थानमा नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सर्तक रहन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्