२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा निर्वाचनका लागि तयारी सुरु


78
Shares

कैलाली । कैलालीमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयारी थालिएको छ ।

जिल्लामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । कैलालीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि ५ लाख ३५ हजार ५ सय मतदाताले सहभागिता जनाउने भएका छन् ।

कैलालीका ५ निर्वाचन क्षेत्रका लागि २ सय ३७ मतदानस्थल र ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनलाई मर्यादित, निस्पक्ष र भयरहित वातावरण सम्पन गर्न सबै निकाय जिम्मेवारीका साथ लाग्नुपर्ने निर्वाचन आयुक्त डा.जानकी तुलाधरले बताउनुभयो ।