
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका-९ उत्तरपानीमा घरायसी विवादका कारण आज (शुक्रबार) बाबुले खुकुरी प्रहार गरी छोराको हत्या गरेका छन् ।
५४ वर्षीय बाबु उपेन्द्र ठाडामगरले आफ्नै ३० वर्षीय छोरा सन्तोष ठाडामगरलाई खुकरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको हाे । उपेन्द्र ठाडामगरलाई खुकुरीसहति प्रहरीले पक्राउ गरी सकेको छ ।
साेही घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्