
काठमाडौं । सत्तारुढ गठबन्धनले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भित्र्याएकाे छ ।
गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले नेतृत्वको साँठगाँठमा पुगेपछि गठबन्धनले यस्ताे निर्णय गरेकाे हाे । जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा बैठकमा प्रवेश गरेको छ ।
जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा बसिरहेको बैठक छोडेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएकाे थियाे । बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।
बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी भएका छन् । जसपाले गठबन्धनबाट सम्मानजनक सिट प्राप्त गर्न नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । एमालेले जसपालाई २२ सिटसम्म दिन सकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्