
संखुवासभा । संखुवासभाको माने भज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याल्ली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
कात्तिक १ देखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ८ क्लबको प्रतिस्पर्धा हुने आयोजकले जनाएको हाे । आज शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी आयोजक एडभान्स क्लब माने भज्याका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको बताउनुभयाे ।
खेल क्षेत्रमा छुटै पहिचान बनाउन संखुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रुपमा गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा एभिनियर फुटबल क्लब क्यामरुन, आमुक्त फुटबल परिवार बेष्ट बंगाल, भारत, भोजपुर र धनकुटा लगायत जिल्लाका क्लबले प्रतिस्पर्धा गर्ने बताउनुभयाे ।
प्रतियोगितामा विजयी टिमलाई ३ लाख नगदसहित कप मेडलले सम्मान गरिनेछ भने उप विजेतालाई २ लाख नगदसहित कप मेडलले सम्मान गरिनेछ । खेल सम्पन्न गर्न करिब ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्