१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लगातारको झरीले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर


143
Shares

डडेल्धुरा । गत बिहिबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ ।

दशैंको टिकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि ५ दिनसम्म मनाउने दशैंको टिकाका साथै खेतीपातीमा पनि असर परेको छ । धान काटने र चुटने बेलामा ३ दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको हो भने गाईबस्तुको स्याहार र आम सर्वसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ ।

झरीले चिसो बढाउनुका साथै चुनावी गतिविधि पनि प्रभावित भएको छ । गत वर्ष पनि दशैं लगत्तै परेको बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशमा क्षति पुर्‍याएको कृषि बालीको सरकारले अहिलेसम्म पनि राहत नदिएको पहिरो तथा बाढी पीडितहरु बताउँछन् ।