१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संखुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा ६ दिनदेखि बेपत्ता


78
Shares

संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा नुहाउन गएका बाबु र छोरा ६ दिनदेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा खाँदबारी ७ का करिब ४० वर्षीय तारनाथ काफ्ले र उनका १५ वर्षीय छोरा सनम काफ्ले रहेकाे प्रहरीले जनाएको हाे । खाँदबारी-७ घर भएका बाबु र छोरा यहि असोज १७ गते सोमबार निजी गाडी लिएर दिउँसो सभाखोलामा नुहाउन गएका थिए । उनीहरू सोमबार घर नफर्केपछि प्रहरीलाई आफन्तले मंगलबार बिहान खबर गरेका थिए ।

सभाखोला किनारमा उनीहरूले प्रयोग गरेका निजी बाेलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन र साबुन लगायतका सामग्री खोजतलासको क्रममा प्रहरीले भेटेको थियाे । बाबु र छोरालाई नै नुहाउने क्रममा खोलाले बगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका नायव प्रहरी उपरीक्षक वीरेन्द गोदारले बताउनुभयो ।

गाडी र सामान फेला परेपछि दुवै जनाको स्थानीयबासी, आफन्त र प्रहरीको संयुक्त टोलीले खोलामा खोजतलास गरिरहेको भएपनि अझै फेला पार्न नसकिएको उहाँले बताउनुभयो । पानी परिरहेको र खोलामा बाढी आएका कारण खोला धमिलो भएकाले खोज्न समेत कठिनाई भएको उहाँकाे तर्क छ ।