२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फा अध्यक्ष नेम्बाङ विरुद्ध उजुरी, कार्यसमितिका १४ पदाधिकारीको हस्ताक्षर


260
Shares

anfa

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एशियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएका छन् ।

एन्फाका अध्यक्ष नेम्वाङले एएफसीको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर एन्फा कार्यसमितिका १४ जनाले शनिबार नेम्वाङको उम्मेदवारी खारेजका लागि एएफसीलाई पत्र पठाएका छन् । नेम्वाङको उम्मेदवारी खारेजका लागि पठाइएको पत्रमा उपाध्यक्ष विराट जंग शाही, दीपक खतिवडा र दिर्घबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै, भरतबहादुर थापा, टिकाराम लामा, मनिराज विष्ट, रमेश ब्यन्जनकर, पुरुषोत्तम थापा, महेन्द्र छेत्री, विकास नारायण श्रेष्ठ, रवीन्द्र चन्द, मनिष जोशी, सरिला श्रेष्ठ र रुपेश अधिकारीले पनि पत्रमा हस्ताक्षर गर्नुभएको छ । पत्रमा कार्यसमितिमा छलफल नभई नेम्वाङले एकलौटी निर्णय गर्दै उम्मेदवारी दिएको उल्लेख गरिएकाे छ ।

एएफसीको ३३ औं चुनावी कंग्रेस बहराइनको मानामामा हुने भएकाे छ ।