१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जा कांग्रेसले उम्मेदवारको टुंगो लगायो


780
Shares

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ ।

आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्याङ्जा कांग्रेसले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजु थापाले टिकट टिकट प्राप्त गर्नुभएको छ भने प्रदेश तर्फ १ (क) मेखलाल श्रेष्ठ र १ (ख) कुमार रानाले टिकट पाएका छन् ।

यस्तै, स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा धनराज गुरुङले टिकट प्राप्त गर्नुभएको छ । प्रदेशतर्फ २ (क) मा भोजराज अर्याल र २ (ख) मा महेश भट्टराईले टिकट पाएका छन् ।

स्याङ्जा कांग्रेसले प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटि र प्रदेश सभा निर्वाचन समन्वय कमिटिबाट सिफारिस हुँदै जिल्ला कमिटि, प्रदेश कमिटिबाट केन्द्रीय कमिटिमा पुगेपछि उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि नाम सार्वजनिक गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।