
बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
आज आइतबार बिहान राजमार्ग अन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्