२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले टिकट पाएनन्


1.69k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित हुनुभएको छ ।

मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए । तर, उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएपछि भट्ट टिकटबाट वञ्चित हुनुभएको हो ।

मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी (ख) बाट टिकट पाउनु भएको छ ।

एक निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीलाई दिइएको छ । नेपाली कांग्रेसले प्रदेश सभामा १ र माओवादी केन्द्रले प्रदेश सभा २ को टिकट पाएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि डोटीबाट पूर्व मन्त्री प्रेम आले निर्वाचनमा लड्दै हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै हुनुहुन्छ ।