
परासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट उद्योगपति बिनोद चौधरी र हृद्येश त्रिपाठी चुनावी मैदानमा उत्रिनु भएका छन् ।
चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिनु भएको हो भने त्रिपाठी केही महिनाअघि आफैंले दर्ता गरेको नयाँ दल जनता प्रगतिशिल पार्टी (जप्रपा) बाट चुनावी मैदानमा उत्रिनु भएको हो ।
चौधरीलाई उक्त निर्वाचन क्षेत्रबाट टिकट नदिनका लागि संस्थापन इतरपक्षका जिल्ला नेताहरु काठमाडौं पुगे पनि अन्ततः चौधरीको टिकट पक्का भएको हो ।
उम्मेदवारी दर्ताका लागि चौधरी परासी पुगेका छन् । उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र अर्का संविधान सभा सदस्य देवकरण जयसवालको दाबी थियो ।
चौधरी २०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बन्नु भएको थियो । हाल उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
चौधरी चुनाव लडने क्षेत्र जप्रपाका अध्यक्ष एंव पूर्वमन्त्री त्रिपाठीको गृह क्षेत्र हो । २०४८ सालदेखि लगातार भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा निर्वाचन जितेका छन् । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा मात्र त्रिपाठी नेपाली कांग्रेसका देवकरण जयसवलासँग ६ हजार मतान्तरले पराजित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्