२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बर्दियामा दुई सय घर डुबानमा


65
Shares

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् ।

अविरल बर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।

मंगलबार साँझदेखि परेको अविरल बर्षाले दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् ।

बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनुभयो ।

त्यस्तै, अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनुभयो । उहाँले घरहरु डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्नसक्ने अवस्था नरहेको बताउनुभयो ।

आइतबार दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले शतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित बर्षाको सम्भावना रहेको छ । आइतबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै शतर्क रहन विभागले आग्रह गरेको छ ।