२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलद्धारा राजीनामा


533
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पदबाट राजीनामा दिनुभएको छ ।

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएपछि उहाँले आसोज २० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएको हो ।

सार्वजनिक लाभको पदमा रहेर चुनावमा उम्मेदवार बन्न नपाइने संवैधानिक व्यवस्था भएकाले पौडेलले राजीनामा दिनुभएको हो ।

पौडेलले आजै चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराउनुभएको छ । उक्त क्षेत्रमा अर्थशास्त्री स्वर्णिम वाग्लेले दाबी गर्नुभएकोमा कांग्रेसले वाग्लेलाई पन्छाउँदै पौडेललाई टिकट दिएको हो ।

पौडेल १४ महिना अघि योजना आयोगको उपाध्यक्ष बन्नुभएको थियो ।