
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
आइतबार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।
बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिनुभयो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका नेता बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध प्रतिष्पर्धामा हुनुहुन्छ ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले संस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताउनुभयो ।
नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्