
स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पदमा कुमारी अर्यालले स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
वि.स. २०७४ को निर्वाचनमा पनि अर्याल स्याङ्जा २ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले वालिङ् नगरपालिकामा रहेको निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ निर्वाचन अधिकृत कार्यालयमा कार्यकर्ता साथमा बाजागाजा सहिद पुग्नुभएको थियो ।
यससँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि महोन रेग्मी र बुद्धमान श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्