२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


तनहुँ-१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता


117
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको उहाँले बताउनुभयो ।

निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

देशको समग्र विकास र स्थिर सरकारका लागि यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कार्यका विषयमा जनतासमक्ष पुर्‍याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आउनुभएको थियो । समयसमयमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगको लागि मतदातासमक्ष अनुरोध गर्दै आउनुभएको थियो ।

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याको छ ।