२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लमजुङबाट देव गुरुङको उम्मेदावरी दर्ता


507
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधसभाका लागि उम्मेदावरी दर्ता गराउनुभएको छ ।

गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका गुरुङले आइतबार दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदावरी दर्ता गराउनुभएको हो ।

उहाँ यसअघि एमालेसँगको गठबन्धनबाट प्रतिनिधसभाकै उम्मेदवार बन्दै भारी मतले विजयी हुनुभएको थियो । यसपटक नेपाली कांग्रेसलगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

त्यस्तै, प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र प्रदेश (ख)मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्तरूपमा उम्मेदावरी दिनुभएको छ ।