२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तेह्रथुममा निर्वाचनका लागि २८ जनाको मनोनयन दर्ता


195
Shares

तेह्रथुम । तेह्रथुममा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जम्मा २८ जनाले मनोनयन दर्ता गरेका छन् ।

आइतबार तेह्रथुममा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालय तेह्रथुमका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा १० जना र प्रदेश निर्वाचन क्षेत्र (ख) मा ८ जनाले मनोनयन दर्ता गरेका हुन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) मा सत्तारुढ गठबन्धन तथा नेकपा एमाले साथै विभिन्न दलका एक-एक जना स्वतन्त्रले समेत मनोनयन दर्ता गरेका हुन ।

दलहरुले आइतबार आफ्ना समर्थकसहित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकाे निर्वाचन कार्यालय तेह्रथुमले जनाएकाे छ ।