२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा सर्पले डस्दा एक जनाको मृत्यु


832
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा आइतबार राति सर्पले डस्दा एक जनाको मृत्यु भएको हो ।

वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

आइतबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । बिहान ४ बजेतिर अस्पतालमै बिरामीको मृत्यु भयो ।

खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो ।