२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीकाे जन्ममिति फरक–फरक भएकाे कागजात फेला


31.421k
Shares

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदश्य निर्वाचनका लागि असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री देउवाको जन्म मिति निजको नागरिकतामा भिन्न र फोटो सहितको मतदाता परिचयपत्रमा भिन्न भएको भन्दै मुलुकको कार्यकारी पदमा रहेका जिम्मेवार व्यक्तिबाट झुक्याएर त्रुटिपूर्ण कागजात पेश गरेको भन्दै नवदुर्गा गाउँपालिका वडा नंं ४ निवासी रमेश बहादुर ऐरले उम्मेदवारी खारेजीका लागि दाबी बिरोधको निवेदन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नागरिकतामा २००३ साल जेठ ३१ गते उल्लेख भएकोमा मतदाता परिचय पत्रमा २००२ साल जेठ ३१ गते जन्म मिति उल्लेख भएको र मतदाता परिचय पत्रमा मतदाताको क्रमसंख्या पनि अनियमित भएकोले निर्वाचन उम्मेदवारी प्रयोजनमा कानून विपरितको कागजात पेस गरेकोमा आवश्यक प्रमाणसहित उजुरी दिएको निवेदक ऐरले जानकारी दिनुभएकाे छ ।

यस विषयमा नेपाली काँग्रेस (वीपी) का नेता हरिप्रसाद भट्टले यसरी कुनै पनि नेपाली नागरिकले फरक फरक जन्म मिति प्रयोग गर्ने कुरा विद्यमान नेपालको संविधान र कानून विपरित हुने कुरामा उच्च ओहोदामा बसेर राष्ट्रको कानून परिपालनाका साथ कार्यान्वयन गर्ने निकायका प्रमुख नै वर्षौंदेखि अनभिज्ञ कानूनको उपहास भएको बताउनुभयाे ।

के प्रधानमन्त्रीको जन्म मिति सच्याउने कुनै प्रावधान संविधानमा छ ? भन्ने प्रश्न गर्दै कानून व्यवसायी समेत रहेका भट्टले आफ्नो राष्ट्रिय पहिचान स्पष्ट राख्न नसक्नेले आम जनताको भावना सम्बाेधन कसरी गर्छन् भन्दै आम जनताको तर्फबाट प्रश्न गर्नुभयाे ।

राज्यका आधिकारिक निकायबाट प्रदान गरिने प्रमाणहरुमा गलत व्यहोरा प्रयोग गर्ने उममेदवारलाई आयोगले निस्पक्ष छानविन गरि कारवाहीको भागेदार बनाउनु पर्ने उहाँको माग छ।

विवादित जन्म मिति र उम्मेदवारीका सम्बन्धमा कुनै व्यक्ति विशेषको मात्र नभई डडेल्धुराका अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं मतदाताको पनि सरोकार तथा चासोको विषय बन्नु पर्ने आम सर्वसाधारणको भनाइ छ ।