१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उम्मेदवारविरुद्ध परेको उजुरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउने


52
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने व्यवस्था मिलाइएको बताउनुभएको हो ।

आइतबार उम्मेदवारी मनोनयन गरिएको थियो भने सोमबार अपरान्ह ३ बजेसम्म त्यसमाथिको दावीविरोध र उजुरीको समय तोकिएको थियो । प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाबाट विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरुको डाटा भने आउन बाँकी रहेको बताउनुभयो ।

आयोगले उम्मेदवारीमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वतह रद्द हुने पनि बताएको छ । मंससर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ ।