८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


२ हजार ४ सयभन्दा बढी पर्यटक अलपत्र


650
Shares

काठमाडाैं । पर्यटन सिजनको शुरुवातमै मौसम प्रतिकुलताका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र भएका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो ।

तीन दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र परेको लुक्ला विमानस्थलले जनाएको छ । तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरु मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ ।

भिजिविलिटी कम भएकाले उडान ठप्प रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताउनुभयो । अछामीकाअनुसार रामेछापबाट लुक्ला आउनका लागि करिब दुई हजार पर्यटक पखाईमा रहेका छन् । उडान नहुँदा अलपत्र यात्रीका लागि रामेछापमा अस्थायी बासको प्रबन्ध पनि भइरहेको छ ।

अधिकांश विदेशी पर्यटकलाई यतिखेर रामेछापदेखि मुलकोटका होटल, टेन्टमा बसोबासको व्यवस्था गरिएको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।

दैनिक दुई वटा ट्वीनअटर जहाजमार्फत १५ वटा उडान गर्दै आएको कम्पनीले चार दिनयता कुनै उडान गर्न सकेको छैन । आइतबार दिउँसोसम्म रामेछाप–लुक्ला तीनवटा हेलिकोप्टरले मात्र उडान गरेको लुक्ला विमानस्नथलले जनाएको छ ।

अष्टमीका दिनसम्म तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा नन–सेडुल उडान हुँदै आएको थियो । तीन दिनदेखि मौसम बिग्रिएका कारण फिक्स विङतर्फका तीनैवटा कम्पनीको जहाज उड्न नसकेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताउनुभयो ।