१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लमजुङमा ३ पदका लागि २६ जनाको उम्मेदवारी


559
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा ३ पदका लागि २६ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत्रका लागि १३ जनाले उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार प्रतिनिधिसभाका लागि दुईजना स्वतन्त्रसहित ११ वटा पार्टीका उम्मेदवार रहेका छन् ।

त्यस्तै, प्रदेश (क) मा ६ वटा पार्टीका उम्मेदवार र प्रदेश (ख) मा सातवटा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै, प्रदेश (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस जिल्ला सभापति डा. टकराज गुरुङ र एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घलेलगायतको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश (ख) मा गठबन्धनबाट कांग्रेसकै पूर्वजिल्ला सभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले उम्मेदवारी दिनुभएको छ । लागि आइतबार उम्मेदवारी दिएका उम्मेदवारहरू कसैको पनि दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।