५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


प्रधानमन्त्री देउवाको गृह जिल्लामा सडकको अवस्था कहाली लाग्दो


5.083k
Shares

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अन्तर्गत राजमार्गसँगै रहेको भात्काँडा बजारमा प्रत्येक चुनावको मुखमा डोजर खडा गरिन्छ ।

तर सडक भने जस्ताको तस्तै रहेकाे छ । कालोपत्रे सडक बनाउने ठेक्का हुने क्रममा ८ महिना अघि पनि यो सडकमा ९ करोड ६० लाख रुपैयाँमा टेण्डर भएको छ । तर विभिन्न बहानाका कारण सडक निर्माणको कार्य अगाडि बढ्न भने सकेको छैन् ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । पाँचौं पटक मुलुकको बागडोर सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई मतदान गर्न जाने बाटो भात्काँडा रेल सडकको अवस्था भने कहाली लाग्दो छ । प्रत्येक वर्ष वर्षाले बाटो खराब हुनु स्वभाविक हो । तर प्रधानमन्त्रीको गाउँ रुवाखोला हुँदै गाउँपालिका केन्द्रसम्म जोडिएको यो बाटो ४ दशकदेखि जस्ताको तस्तै रहेको स्थानीयले गुनासो गरेका छन् ।

रुवाखोलाका विभिन्न फाँटहरुमा हुने कृषि उत्पादनको निर्यात अवरुद्ध मात्र भएको छैन् । स्वास्थ्य सेवा लिन तथा दैनिक उपभोग्य वस्तुको किनमेल गर्नबाट पनि स्थानीय वञ्चित भएका छन् । तर सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीय युवा बताउँछन् । भात्काँडादेखि प्रधानमन्त्री देउवाको जन्मथलो मटेलासम्म करिब १२ किलो मिटर कच्ची सडकमा यात्रागरि भात्काँडा पुगेका निजी सवारी साधनका चालकले प्रधानमन्त्रीलाई व्यंग्य समेत गरेका छन् ।

२०४१ सालमा सुरु गरिएको भात्काँडा रेल सडक पक्की नबन्दा प्रत्येक वर्षको वर्षाले बगाउँछ । तर मर्मत-सम्भार नहुँदा सडक साँघुरिदै गएकाले जोखिम बढ्न गई सामान्य आवतजावत पनि लगभग बन्द भएको छ । हरेक निर्वाचनका बेला कालोपत्रे सडक बनाउने ठेक्का हुने क्रममा ८ महिना अघि पनि यो सडकमा ९ करोड ६० लाख रुपैयाँमा टेण्डर भएको छ ।

तर वर्षा लगायतका विभिन्न बहानाले सडक निर्माणको कार्य अगाडि बढ्न सकेको छैन् ।