८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माओवादी अध्यक्ष प्रचण्डका कारण आफूले टिकट नपाएकाे गजुरेलकाे दावी


6.019k
Shares

सिन्धुली । सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा उम्मेदवार बन्ने अन्तिम तयारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबाेल गजुरेलले टिकट नपाएको अवस्थामा आफूमाथि षडयन्त्र भएको बताउनुभएकाे छ ।

सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा आफूले टिकट पाउने निश्चित भएको अवस्थामा आफ्नो टिकट खोसिएको आरोप समेत लगाउनुभएको हाे । उहाँले अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताउनुभएकाे थियाे । उहाँले अध्यक्ष प्रचण्डले आफूलाई बदला लिएको बताउनुभएकाे छ ।

उहाँले अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले ३ महिनादेखि आफूलाई फेसबुकमार्फत आक्रमण गरेको समेत बताउनुभएकाे छ । जिल्लामा पूरै गुटबन्दी गरेको र अन्तिममा अध्यक्षले नै अपमानपूर्ण रुपमा हठात उम्मेदवार हुनबाट वञ्चित गरेको उहाँकाे तर्क छ । उहाँले अबको राजनीति कसरी जाने भन्नेमा आफन्त र निकट कार्यकर्ताहरुसँग परामर्श गरिरहेको बताउनुभएकाे छ ।

सिन्धुलीमा लेखनाथ दाहालले फेसबुकमार्फत आफ्नाविरुद्ध अस्वाभाविक आक्रमण भएपछि अध्यक्ष प्रचण्डलाई भेट्न एक हप्तादेखि समय माग्दा पनि नदिएको र टिकटका लागि सोचौंला भनेर पठाएर अन्तिममा आफ्नो टिकट खोसेर लेखनाथ दाहाललाई दिएको बताउनुभएकाे छ । सोही घटनापछि उहाँका समर्थक धेरैले उपमहासचिव गजुरेललाई स्वतन्त्र उम्मेदवारी दिन सल्लाह समेत दिएका छन् । तर उम्मेदवारी भने नदिएको उहाँकाे भनाइ छ ।